2021-03-06Saturday कोरोना अस्पतालमा ईद मनाउन कपडा र सेवई – Online Khabar – Hamro Nepal

कोरोना अस्पतालमा ईद मनाउन कपडा र सेवई – Online Khabar


१२ जेठ, कपिलवस्तु । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले कोरोना भाइरस संक्रमितलाई इदुल फित्रका अवसरमा विभिन्न सामग्री वितरण गरेको छ । मुस्लिम समुदायको मुख्य पर्व इद सोमबार मनाइने भएकाले कोरोना संक्रमित मुसलमान समुदायका व्यक्तिलाई अस्पतालले आइतबार कपडा र खाद्य पदार्थ वितरण गरेको हो ।

कपिलवस्तु र रुपन्देही जिल्लाका मुस्लिम समुदायका १२ व्यक्तिलाई नयाँ कपडा, नमाज पढ्दा बिछयाइने मुसल्ला, इदमा खाइने सेवई वितरण गरेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्रप्रसाद खनालले जानकारी दिए । उनीहरूलाई बुटवलस्थित धागो कारखानामा निर्माण गरिएको कोरोना विशेष अस्पतालमा सामग्री वितरण गरिएको डा खनालले बताए ।

उक्त अस्पतालमा उपचारार्थ मुसलमानमध्ये शनिबार चार जना कोरोना जितेर घर फर्किएका छन् । साथै अस्पतालमा रहेका सबै संक्रमितलाई सेवई खाने व्यवस्थापन गरिएको अस्पतालले जनाएको छ ।

कपिलवस्तुका १० संक्रमित निको भएर घर फर्किएका छन् । दुई साताअघि अस्पताल भर्ना भएका संक्रमितको लगातार दुई पटकको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालका फोकल पर्सन तथा वरिष्ठ फिजिसियन डा. सुुदर्शन थापाले जानकारी दिए । कपिलवस्तुमा शनिबार साँझ थप तीन जनामा कोरोना पुष्टि भएसँंगै जिल्लामा कोरोना संक्रमित ८० पुगेका छन् ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>