2021-02-26Friday थप ५ जनामा कोरोना पुष्टि, संक्रमितको कुल संख्या ६०८ पुग्यो – खोजखबर – Hamro Nepal

थप ५ जनामा कोरोना पुष्टि, संक्रमितको कुल संख्या ६०८ पुग्यो – खोजखबर


खोजखबर
गोरखा, जेठ ११ गते ।

बाँके र बर्दियामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा बाँकेका चार जना र बर्दियाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रतिष्ठानका कामु रजिस्ट्रार कैलाशप्रसाद देवका अनुसार बर्दियाको बासगढी नगरपालिका–९ का २५ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, बाँकेको राप्ती सोनारी गाउँपालिका–५ का २४, २३, २३ र १६ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको देवले जानकारी दिए ।
यस अघि आइतबार नै थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जना संख्या मन्त्रालयले जानकारी दिएको थियो ।
उनीहरु मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौ, कपिलबस्तु, गुल्मी र नुवाकोटका स्थानीय रहेका छन् ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङ बारदशी २ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको आइतबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।
यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बाराको कलैयाका ३२ वर्षीय पुरुष, पर्साको वीरगन्जका २५ वर्षीय पुरुष, पर्सा ठेगाना भइ बारामा कार्यरत ३४ वर्षीय पुरुष, पर्साकै ६० वर्षीय पुरुष, रौतहट घर भइ कलैयामा कार्यरत ३२ वर्षीय पुरुष, सर्लाहीका ४८ वर्षीय पुरुष, रुपन्देहीका ३२, ४० र ५० वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको देवकोटाले बताए ।

यसैगरी काठमाडौंको सोह्रखुट्टेका ६९ वर्षीय पुरुष र नुवाकोटको ककनीका ३९ वर्षीय पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको छ।

यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देहीका २३, ३३ र ४० वर्षीय ३ जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ । कपिलबस्तुका ३५, ३७ र ५२ वर्षीय पुरुषका साथै गुल्मीका ३१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६०८ पुगेको छ भने हालसम्म ८७ जनाले कोरोना जितेका छन् । यस्तै ३ जनाको मृत्यु भएको छ ।

Share on Your Social Media





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>