
टिमो वेर्नरको हयाट्रिक मद्दतमा लाइपजिगको फराकिलो जित – Online Khabar
११ जेठ, काठमाडौं । टिम वेर्नरले ह्याट्रिक गरेपछि आरबी लाइपजिगले जर्मन बुण्डेसलिगामा आइतबार शानदार जित हात पारेको छ । लाइपजिगले माइन्ज०५ लाई ५–० को फराकिलो अन्तरले पराजित गरेको हो ।
माइन्जको घरेलु मैदानमा भएको खेलमा लाइपजिगले पहिलो हाफमा ३ गोल गरेको थियो भने दोस्रो हाफमा २ गोल थपेको थियो ।
टिमो वेर्नरले ११ औं मिनेटमा गोल गर्दै लाइपजिगलाई अग्रता दिलाएका थिए । युसुफ पाउलसेनले २३ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । ३६ औं मिनेटमा मार्सेल सब्टिजरले गोल गरेपछि लाइपजिगले पहिलो हाफमा ३–० को अग्रता बनायो ।
दोस्रो हाफमा दुबे गोल वेर्नरले गरे । वेर्नरले ४८ औं र ७५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे भने टिमको फराकिलो जित पक्का गरे । ह्याट्रिकसंगै वेर्नरले बुण्डेसलिगामा यस सिजन गोलसंख्या २४ पुर्याएका छन् । जुन उनको व्यक्तिगत उत्कृष्ट प्रदर्शन हो । सर्वाधिक गोल गर्नेमा वायर्न म्युनिखका रोवर्टो लेवान्डोस्की २७ गोलसहित वेर्नरभन्दा अघि छन् ।
यस अघि घरेलु मैदानमा लाइपजिगले माइन्जलाई ८–० ले पराजित गर्दा पनि वेर्नरले ह्याट्रिक गरेका थिए ।
फराकिलो जितपछि २७ खेलबाट ५४ अंक जोड्दै लाइपजिग अंकतालिकामा तेस्रो स्थानमा उक्लेको छ । माइन्ज २७ खेलबाट २७ अंकसहित १५ औं स्थानमा छ ।
Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु
९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar
९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar
९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More