
सन्तोषको ‘दिलको बास’मा अन्जु र प्रमोद – Online Khabar
काठमाडौं । गायन र संगीतमा आफूलाई अब्बल प्रमाणित गरिसकेका सन्तोष श्रेष्ठले पहिलो पटक आफ्नै शब्द र संगीतमा आधुनिक गीत सार्वजनिक गरेका छन् ।
‘तिम्रो मेरो दिलको बास’ बोलको आधुनिक गीत समकालीन पुस्ताका अन्जु पन्त र प्रमोद खरेलले गाएका छन् ।
सगरमाथा डिजिटलमार्फत प्रस्तुत यो गीतमा कमल सौरागको अरेन्ज र किशोर थापाको रेकर्डिङ तथा मिक्सिङ छ । कोरोना महामारीको कारण हाल लिरिकल भिडियो सार्वजनिक गरिएको र अनुकुल समयमा म्युजिक भिडियो पनि बनाउने श्रेष्ठले बताए ।
नेपाली आधुनिक सुगम संगीतको क्षेत्रमा सन्तोष श्रेष्ठ एक लोकप्रिय संगीतकार हुन् । युवा पुस्ताको पहिलो रोजाइका संगीतकार श्रेष्ठ दुई दशकभन्दा लामो समयदेखि संगीतिक क्षेत्रमा निरन्तर सक्रिय छन् ।
https://www.youtube.com/watch?v=Z6GPn6tmAQc
अहिले उनीबाट एकल संगीतबद्ध आधुनिक गीतका एल्बम नै ३२ पुगिसकेको छ । सन्तोषद्वारा संगीतबद्ध गीतहरुको संख्या ८ सय हाराहारीमा छन् । तीमध्ये हिट गीतको सूची पनि लामो नै छ ।
तीमध्ये अञ्जु पन्तले गाएका गीतहरु धेरै छन् । ‘तिम्ले पराइ ठानेपछि, पराइ हुन के भयो र’, ‘तिम्ले भुल्न सके पनि’, ‘आउँछु भनि निष्ठुरीले’, ‘परेलीको वर्षातले’, ‘तिम्रै यादमा भित्रभित्रै’ सन्तोषद्वारा संगीतबद्ध र अञ्जुको स्वरमा सजिएका हिट गीत हुन् ।
यस्तै सञ्जिवनीले गाएका ‘तिम्ले हाँसो लुटी लग्यौ’, ‘कोपिलामा सुन हुन्छ’, नरेन्द्र प्यासीले गाएको ‘तिम्रो दिलमा चोट लाग्दा’, जगदिश समालको स्वरमा रहेको ‘किन आउँछ तिम्रो याद एकान्तमा यति धेरै’, दीपक लिम्बुले गाएको ‘तिम्लाई सन्चो छैन भन्ने खबर पाएँ मैले,’ लगायतका गीतमा पनि सन्तोषकै संगीत छ ।
राष्ट्रकवि माधव घिमिरे, शताव्दी पुरुष सत्यमोहन जोशी, कालीप्रसाद रिजाल, श्रीपुरूष ढकाल लगायतसँग पनि सहकार्य गरेका छन् । सन्तोषले राष्ट्रकवि माधव घिमिरेले लेखेको ‘पश्चिम रुन्छ महाकाली, पूर्व रुन्छ मेची’ र वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीले लेखेको जीवनको पहिलो गीत ‘तेरो मेरो जे भन्छौं हामी’ गीतमा पनि संगीत दिएका छन् ।
यो पनि पढ्नुहोस
लोकगीतबाट बसाइँ सरेका सन्तोष सुगमसंगीतको शिखरमा
Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु
९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar
९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar
९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More