
‘जित्छौ हामी’ भन्दै बाबुरामदेखि पृथ्वीसुब्बा गुरुङसम्म
बिनोद बाँनियाको शब्द तथा संगीतमा तयार भएको ‘जित्छौ हामी’ बोलको गीतको भिडियो तयार भएको छ । यो गीतलाई सन्जोग बस्यालले लेखेका हुन् ।
सन्जोग बस्याल र विजय बस्यालले निर्देशन गरेको यो भिडियोलाई देवीप्रसाद बस्याल र शान्ती बाँनियाले निर्माण गरेका हुन् । भिडियोमा साहिल खान र विज्ञान राइको सम्पादन, मिलन शंकरको छायांकन छ ।
यो भिडियोमा नेता, कलाकारदेखि खेलाडीसम्मलाई देख्न सकिन्छ । भिडियोमा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि अभिनय गरेका छन् ।
साथमा भिडियोमा कलाकार अनुप बराल, दिया मास्के, माओत्से गुरुङ लगायतलाई पनि देख्न सकिन्छ । देशको सीमा दुखेको र कोरोनाको त्रास फैलिएको अवस्थामा यो सन्देशमुलक गीतले नेपालीलाई उर्जा प्रदान गर्न सक्छ ।
Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु
९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar
९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar
९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More