2021-03-04Thursday कैलालीको मोतीनगर र जवलपुर सिल – Online Khabar – Hamro Nepal

कैलालीको मोतीनगर र जवलपुर सिल – Online Khabar


१० जेठ, कैलाली । जिल्लाको जानकी गाउँपालिकामा कोरोना संक्रमित देखिएपछि प्रशासनले कैलालीको टीकापुरमा लकडाउनमा कडाइ गरेको छ । जानकी गाउँपालिकासँग टीकापुर जोडिएको पालिका हो । जानकीमा सङ्क्रमित देखिएपछि टीकापुरमा थप जोखिम बढेको छ । टीकापुर पनि जोखिममा रहेको भन्दै टीकापुर बजार बन्द गरिने तयारी प्रशासनले गरेको छ ।

टीकापुर बजारमा मानिसकोे आवतजावत पूर्णरुपमा बन्द गरिने टीकापुरका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए । संक्रमित आएर गाउँमा समेत बसेकाले जानकी गाउँपालिका वडा नं ७ को मोतीनगर र जवलपुर गाउँ सिल गरिएको उनले जानकारी दिए ।

संक्रमण पुष्टि भएका जानकीको मोतीनगर र जवलपुरका दुई युवामध्ये मोतीनगरका युवाको टीकापुर र मोतिनगरमा धेरै मानिससँग सम्पर्क भएको देखिएको भट्टले बताए । ‘सम्भावित जोखिम न्यूनीकरणका लागि लकडाउनमा कडाइ गर्न थालेका छौँ,’ प्रहरी नायब उपरीक्षक भट्ट भन्छन्, ‘प्रहरी र स्वास्थ्यकर्मी मिलेर संक्रमितको सम्पर्कमा आएका मानिसको खोजी गरी उनीहरुलाई क्वारेन्टिनमा राख्ने तयारी भइरहेको छ ।’

संक्रमितमध्ये बाँकेको नेपालगञ्जबाट फर्केका संक्रमित युवा अरू चार जनासहित कोहलपुरबाट एम्बुलेन्समा टीकापुर आएको बुझिएको छ । उनी घर पुगेपछि पनि स्थानीय युवासँग तीन दिन भलिबल खेलेकोे, गाउँमा आफन्त र साथीभाइसँग घुलमिल भएको र टीकापुर बजारमा समेत साथीसँग भेटघाट गरेको बुझिएकाले उनीहरु सबैको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

संक्रमित तीनै जनाको टीकापुर अस्पतालको आइसोलेसनमा राखेर उपचार सुरु भएको छ । संक्रमित सबैको अवस्था सामान्य छ । टीकापुर अस्पतालमा १२ श्ययाको आइसोलेसन वार्ड छ ।

अवस्था जटिल भए बाहिर पठाउन सकिने भए पनि अहिले टीकापुरमै उपचार थालिने अस्पतालका डा. जितेन्द्र कँडेलले बताए ।

जानकी गाउँपालिकाको क्वारेन्टिनमा ४५ जना थिए । तीन जनामा सङ्क्रमण देखिएपछि क्वारेन्टिनमा बसेका, उनीहरुको सुरक्षा, रेखदेखमा खटेका सबैको स्वास्थ्य परीक्षण गरिने गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक जीतबहादुर चौधरीले जानकारी दिए । उनले भने, “क्वारेन्टिनमा प्रत्यक्ष खटेका स्वास्थ्यकर्मी र स्वयंसेवक सेल्फ क्वारेन्टिनमा पठाएका छौँ, संक्रमण देखिएपछि क्वारेन्टिनमा बसेका अन्य नागरिक पनि त्रसित छन् ।”





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>