खोजखबर
गोरखा, जेठ १० गते ।
गोरखामा आारडिटि पोजेटिभ देखिएकी महिनाको पिसिआर रिर्पोट भने नेगेटिभ आएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उपचारका लागि गोरखा अस्पताल आएकी ती महिलाको स्वाब संकलन गरी जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको थियो ।
उनका श्रीमानको पनि नमूना संकलन गरी पठाइएकोमा दुबैको रिर्पोट नेगेटिभ आएको जिल्ला अस्पताल गोरखाका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।अरु दुई जनाको भने रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ ।
यसैगरी गोरखा नगरपालिका र गण्डकी गाउँपालिकाको सामुहिक क्वारेण्टाइनमा रहेका ३० जनाको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । मनकामना बहिरा माविको क्वारेण्टाइनमा रहेका २९ जना र गण्डकी गाउँपालिकाको क्वारेण्टाइनमा रहेका एक जनाको गत बिहिबार गरिएको पिसिआर रिपोर्ट नेगेटिभ आएको गोरखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले जानकारी दिए । हालसम्म बिभिन्न मितिमा परीक्षण गरिएको १२९ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय गोरखाले जानकारी दिएको छ ।
Share on Your Social Media