खोजखबर
गोरखा, जेठ ९ गते ।
गोरखाको पालुङटार नगरपालिकाले यही जेठ ११ गतेबाट दादुरा रुबेला खोप अभियान सञ्चालन गर्ने भएको छ ।
लकडाउनका बाबजुद पनि नगरपालिकाको आन्तरिक स्रोत व्यवस्थापन गरी खोप सञ्चालन गर्न लागिएको नगरप्रमुख दिपकबाबु कंडेलले जानकारी दिए । ‘लकडाउन पछि राष्ट्रिय कार्यक्रमको रोकिएको थियो, रकम पनि निकासा आएनको थिएन,’ उनले भने, ‘रकम आएन भनेर हाम्रा बालबालिकालाई खोप नलगाउने भन्ने कुरा भएन, पछि स्रोत भर्ना गर्ने गरी हामीले नै पहलकदमी लिएर खोप अभियान सञ्चालन गर्न लागेका छौं, पछि रकम आउला आशा गरौं ।’
१० वटा रहेको पालुङटारमा ३८ वटा खोप केन्द्र सञ्चालन हुनेछ । हरेक खोपकेन्द्रमा तालिम प्राप्त स्वास्थ्यकर्मीले आवश्यक दुरी कायम गरी खोप लगाउने स्वास्थ्य शाखाका दिपेन्द्र गिरीले जानकारी दिनुभयो । ‘खोप लगाउनका सोसल डिस्टेन्स मेन्टेन गर्ने व्यवस्था मिलाएका छौं, वच्चाहरुलाई लिएर आउने अभिभावकहरुका लागि हात धुने व्यवस्था गरिएको छ,’ उनले भने, ‘सुरक्षित सावधानी पूर्ण तरिकाले खोप अभियान सञ्चालन हुन्छ ।’
४ दिनसम्म चल्ने अभियान मार्फत ३ हजार बालबालिकालाई खोप लगाउन पालुङटार नगरपालिकाको लक्ष्य छ । लकडाउन पछि देशका विभिन्न ठाउँबाट गाउँ आएका बालबालिकालाई खोप लगाउने व्यवस्था गरिएको छ । लकडाउनका कारण अघिल्लो महिना रोकिएको नियमित खोप पनि सोही समयमा सञ्चालन गर्ने पालुङटार नगरपालिकाको तयारी छ ।
सरकारको केन्द्रिय कार्यक्रम अन्र्तगत गोरखामा पहिलो चरणको दादुरा रुबेला अभियान सम्पन्न भइसकेपनि लकडाउनका कारण दोस्रो चरणको अभियान प्रभावित भएको थियो । गोरखाको गण्डकी र धादिङको बेनीघाट रोराङ गाउँपालिकामा दादुराको संक्रमण देखिएपछि अधिकाशं स्थानीय तहले आफ्नै पहलमा खोप अभियान सञ्चालन गरेका छन् । गण्डकी गाउँपालिकाको क्षत्रि खोला र छतिवन गैरामा देखिका ८ जना संक्रमितको स्वास्थ्य अबस्था पनि समान्य रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । थप नयाँ संक्रमण नदेखिएकाले स्थिती नियन्त्रणमा रहेको कार्यालयको दाबी छ ।
पालुङटार नगरपालिकाको सूचना
Share on Your Social Media