खोजखबर
गोरखा, जेठ ५ गते ।
नेपालमा थप ९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार रौतहट र बारामा नयाँ संक्रमित फेला परेका हुन् ।
रौतहट इशनाथ नगरपालिका २, ३,६ र ९ निवासी २१, २१, २३, २५, २५, २९, ३० पुरूष र रौतहट माधव नारायण नगरपालिकाका ३ निवासी २८ वर्षिय महिला रहेका छन् । यसैगरी बारा करैयामाइ ५ निवासी ३८ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ ।
योसँगै नेपालमा संक्रमित संख्या ३०४ पुगेको छ ।
Share on Your Social Media