2021-02-26Friday कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्र समेटिएको नक्सा मन्त्रि परिषदद्धारा पारित – खोजखबर – Hamro Nepal

कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्र समेटिएको नक्सा मन्त्रि परिषदद्धारा पारित – खोजखबर












खोजखबर
गोरखा, जेठ ५ गते ।

भारतले मिचेका नेपाली भुभाग समेटिएको नक्सा पारिस गरेको छ ।
सहकारी तथा गरिबी निवारण मन्त्रालयले कालापानी, लिम्पुयाधुरा र लिपुलेक क्षेत्रलाई समेटेर मन्त्रि परिषद्को बैठकमा प्रस्तुत गरिएको नक्सा पारित भएको हो ।
उक्त नक्साले नेपालको उत्तरी, पूर्वी, दक्षिणि, पश्चिमी अन्र्तराष्ट्रिय सीमाहरू सहित राजनीतिक र प्रशासनिक प्रबन्ध पनि समेटेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री डा.युवराज खतिवडाले बताए । बैठकले विद्यमान नक्सालाई अध्यावधी गरेसँगै अब सबै प्रयोजन उक्त नक्सा प्रयोगमा आउनेछ । नक्सा बमोजिम निशानछाप, सरकारी कामकाजमा प्रयोग हुने नक्साहरू, विद्यालयमा पढाइ हुने पाठ्यपुस्तकहरू र सबै सार्वजनिक प्रयोगमा ल्याइने नेपालको नक्सा अद्यावधिक भएको छ । नक्सामा नेपालको सङ्घीयता अनुरूपका प्रदेश तथा स्थानीय तहहरूसमेत समेटिएका मन्त्री खतिवडाले बताए ।

नेपालको पश्चिमी सीमामा रहेको लिपुलेक क्षेत्रमा भारतले सडक निर्माण गरेपछि त्यसको सर्वत्र विरोध भएको सरकारले यस्तो निर्णय गरेको हो । यसअघि सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रममा पनि भारतद्धारा मिचिएको भूमिसमेत समेटेर नेपालको नक्सा अद्यावधिक गर्ने प्रतिबद्धता जनाएको थियो ।

Share on Your Social Media






Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>